परिचय
नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको ६ जिल्लाहरुमध्ये दक्षिण पश्चिममा पर्ने जिल्ला ”सुनसरी“ हो । यस जिल्लाको नामाकरण भरौल् गा.वि.स. क्षेत्रको चारकोसे झाडीबाट उत्पति भएको सुनसरी नदीको नामबाट भएको हो । यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा इनरुवा, नरसिंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ । सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ ।
२.१ भौगोलिक स्थिति ः
सुनसरी जिल्ला पूर्वाञ्चल क्षेत्र अन्तर्गको कोशी अञ्चलको पश्चिम दक्षिणको तराई भागमा अवस्थित छ । यस जिल्लाको पूर्वमा मोरंग, पश्चिममा सप्तरी र उदयपुर ज्ल्लिा उत्तरमा धनकुटा जिल्ला पर्दछ भने दक्षिणमा भारतको विहार प्रान्तसँग जोडिएको छ । यस जिल्लको उत्तरी खण्डमा महाभारत पर्वत अन्तर्गतका पहाडहरु पर्दछन भने मध्य भागमा भावर प्रदेश र दक्षिणि भागमा समथर मैदान पर्दछन । यो जिल्ला पूर्व पश्चिम साँगुरी चौडाई भई उत्तर केही साँगुरिएर क्रमशः फुक्दै लम्बाई दक्षिणतर्फ फैीलएको छ ।
१. अक्षांश, देशान्तर ः अक्षांश ः– २६ं२३ उत्तदेखि २६ं ५५ उत्तरसम्म र देशान्तर ः ८७ं ५” पूर्वद्येखि ८७ं१६” पूर्वसम्म ।
२. सिमाना ः पूर्वमा मोरंग जिल्ला, पश्चिममा सप्तरी र उदयपुर जिल्ला (कोशी नदी), उत्तरमा धनकुटा जिल्ला (भेडेटार) र दक्षिणमा भारतको विहार राज्य पर्दछ ।
३. क्षेत्रफल १२५७ बर्ग कि.मि.
४. औषत चौडाई ः सुनसरी जिल्लाको पूर्वमा बढी खोलादेखि पश्चिममा कोशी नदी सम्मको लम्बाई ४४ कि.मि. पर्दछ ।
७. भौगालिक विभाजन ः यो जिल्ला महाभारत पर्वत श्रृङ्खला, चारकोसे जंगल र उर्वरा तराईका भागहरु मिली बनेको छ । यसको भौगोलिक वनावटलाई मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ ः १ उत्तरको पहाडी प्रदेश २, मध्यभागको
भावर प्रदेश र ३. दक्षिणको समथर भूमि ।
७. निर्वाचन क्षेत्र तथा इलाका ः निर्वाचन क्षेत्र ६ वटा तथा इलाका संख्या १५
८. गा.वि.स. तथा न.पा. ः यस जिलमा ४९ वाटा गा.वि.स. तथा ३ वटा न.पा. (धरान, इटहरी तथा इनरुवा) छन ु
२.२ भौगोलिक वनावट ः
महाभारत पर्वत श्रृखला, चारकोशे जंग्ल र उर्वरा तराइकाे भागहरु मिलेर सुनसरी जिल्ला बनेको छ। यसको भौगोलिक वनावटलाई मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ । जो १) उत्तरको पहाडी प्रदेश २) मध्य भागको भावर प्रदेश ३) दक्षिणको समथर भूमि ।
उत्तरको पहाडी प्रदेश ः नेपालको भौगोलिक वनावट जस्तै सुनसरी जिललाको उत्तरी भागमा महाभारत पर्वत पूर्व पश्चिम भएर लम्बिएको छ । समुन्द्र सतहबाट यो जिल्ला अधिकतम ९१४ मि. (३०००० फिट) उचाई रहेको छ । यो पदेश महाभारत पर्वतको पूर्व पश्चिम श्रृखंलाको दक्षिण पट्टिको चारकोशे झाडीसम्म पुगेको छ । अन्य पहाडी क्षेत्र जस्तै स्वभाविक रुपले यो क्षेत्रमा साना खोला, खहरे तथा वेसिहरु रहेका छन । यहाँको महाभारत पर्वत श्रृखंलाका दक्षिणपट्टीका पाखाहरु उत्तरी पाखा भन्दा कम भिराला छन् । बराहाक्षेत्र, पाँचकन्या, विष्णुपादुका गा.वि.स. र धरान न.पा. यसै क्षेत्र अन्तरगत पर्दछन । धरान नगरपालिकाको धेरै जसो भाग दक्षिणि पाटातिर गएको छ । विजयपुर डाँडा, सुली क्षेत्र, साँगुरी भन्ज्याङ्की, माछामारा डाँडा यहाका मुख्य डाँडाहरु हुन । यस्तै उत्तरी पर्वतमा पर्ने काम्फेक डाँडा र सुागुरे डाँडा प्रमुख देखिन्छन । यिनै डाँडाहरुले यो जिल्लाको धनकुटा जिल्ला संगको सिमाना कायम गरेको छ । यी डाँडाको पश्चिमपट्टी तमोर र पेसुवा नदीहरु बग्ने गर्दछन । समष्टिमा महाभारतको दक्षिण पारिलो पाखा र उत्तरी रसिलो पाखा पनि यस जिल्लामा पर्न आउँछ । यहाको पहाडी श्रेणी ज्यादै छियाछिया परेको र विशेष गरी सेल, वलौटे माटो, चुन, ढंगा तथा विभिन्न चट्टानले भरिएको छ । भित्रि मधेश र तराईको सिमानाको रुपमा रहिआएको चुरे पहाड त्रियुगामा नै टुगिंएकोले तराइको जिल्ला भएर पनि यो जिल्लामा महाभारत पर्वत भएको हो ।
३) दक्षिणको समथर भूमि ः( भावर प्रदेश देखि भारतको विहार राज्य सम्म फैलिएको यो समथर तराई भागको उचाई १५२ मिटर (५५० फिट) देखि ३३३ मिटर (१००० फिट) सम्म रहेको छ । यस क्षेत्रका प्रायः सम्पूर्ण भाग नरम माटोले बनेको छ । नदीहरुले बगाएर ल्याएको माटोले यस क्षेत्रलाई उर्वर बनाएको छ । यस जिल्लाको खेतिपातिको लागि मुख्य क्षेत्र नै यही हो ।
२.३ प्रमुख नदी, ताल तलैया सम्बन्धी विवरण ः
सुनसरी जिल्लाको मुख्य नदीहरुमा सप्तकोशी नदी जुन यस जिल्लाको पश्चिम सिमानामा रहेको छ । यो नेपालको सबैभन्दा ठूलो नदीक हो । यो नदी विभिन्न ७ वटा शाखा नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी भनिएको हो । यी नदीहरु अरुण, तमोर, सुनकोशी, तामाकाशी, लिखु, इन्द्रावती, दुधकोशी हुन । यो नदी सुनसरी मोरग सिचाई आयोजनाको जलश्रोतको केन्द्र हो । यो नदीको धार्मिक महिमा पनि छ । कोशी नदीलाई गाँधी पुत्री अथवा राजश्री विश्वाभित्रको बहिनीको रुपमा हेरिन्छ । यो नदीमा नुहाएमा हिमालयका पवित्र जडिबुटीको कारणले मानिस मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेका पाइन्छ ।





